१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेले गर्‍यो २७१ सूचीकृत कम्पनीको वर्गीकरण

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत २७१ कम्पनीको वर्गीकरण गरेको छ।

नेप्सेले सूचीकृत कम्पनीहरुको चुक्ता पुँजी, कारोबार, नाफा र वित्तीय स्थितिका आधारमा ‘ए’, ‘बी’ ,‘जी’ र ‘जेड’ गरी चार वर्गमा वर्गीकरण गरेको हो।

नेप्सेले बिहीबार सार्वजनिक सूचना जारी गरेर नेप्सेमा सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको जनाएको छ।

धितोपत्रसूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको आव २०८०/८१ को पुस मसान्तसम्म अद्यावधिक विवरण अनुरूप वर्गीकरण गरेको हो।

नेप्सेले सार्वजनिक गरिएको वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न सक्ने पनि जनाएको छ।

नेप्सेका अनुसार ‘ए’ वर्गमा ३१ कम्पनी रहेका छन्। जसमा अधिकांश ‘क’ वर्गका बैंक, ‘ख’ वर्गका विकास बैंक र लघुवित्त कम्पनीहरू रहेका छन्।

नेप्सेका अनुसार ‘बी’ वर्गमा ३५ कम्पनी रहेका छन्। जसमा विभिन्न जलविद्युत्  कम्पनी, होटल तथा अन्य समूहका रहेका छन्। 

नेप्सेका अनुसार ‘जी’ वर्गमा विभिन्न लघुवित्त कम्पनी, जलविद्युत् कम्पनी गरी ७० कम्पनी रहेका छन्। त्यसैगरी ‘जेड’ वर्गमा १३५ कम्पनी रहेका छन्।

प्रकाशित: ४ फाल्गुन २०८० १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App