१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

नाइजेरियामा खुल्यो जेनेस सलुसनको कार्यालय

बेलायतमा मुख्यालय भएको सूचना प्रविधिसम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुसनले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ।

‘नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबका रूपमा उदाउँदै गरेको मुलुक पनि हो। संसारकै क्लाउड सेवा प्रदायक उदाउँदा बजारहरूमा आफ्नो सेवा विस्तार गरिरहेका बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौं’, जेनेस सलुसनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयालले भने।

‘नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज गरिदिएकाले पनि हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको सम्भावना देखेका छौं।’

उनका अनुसार नाइजेरियामा कम्पनी स्थापना गर्न गैरआवासीय नेपाली संघले वातावरण मिलाइदिएको थियो। जेनेस सलुसन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीलाई डिजिटल रूपान्तरणका साथै क्लाउड सलुसन्स, साइबर सुरक्षा, डेटा परामर्शलगायतका सेवा उपलब्ध गराउने छ।

‘एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो।  यसले नेपालीको सीप र दक्षताका बारेमा बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबका रूपमा उदाउँदै छ भन्ने सन्देश पनि दिएको छ’, नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान डाङोटे समूहका वरिष्ठ व्यवस्थापक तथा गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले भने।

जेनेस सलुसनले नेपाल, बंगलादेश, अमेरिकालगायत आठवटा मुलुकमा कार्यालय स्थापना गरिसकेको छ।

प्रकाशित: २६ माघ २०८० ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App