१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

होन्डाले ल्यायो १२५ सिसीको मोटरसाइकल

होन्डाले विभिन्न अत्याधुनिक प्रविधि थप गरी एसपी १२५ बिएसभिआई मोटरसाइकल बजारमा ल्याएको छ।

१२५ सिसी हर्स पावर रहेको यो मोटरसाइकल बिएसभिआई प्रविधियुक्त रहेको हुँदा यसले ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय र भरोसायुक्त बनाउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यस मोटरसाइकलमा रहेको विशेष किसिमको चक्का तथा आकर्षक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने र आधुनिक प्रविधिको एसिजी स्टार्टले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म बनाइदिने हुँदा यात्रा अवधिभर चालकको मनोभावना प्रफुल्लित र सकारात्मक हुने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार ह्यान्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्विचले चालकको यात्रा सहजपूर्ण बनाउनुको साथै सवारीमा प्रयोग भएको गुणस्तरीय एलइडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा ग्राहकलाई सुरक्षाको प्रत्याभूति दिने विश्वास कम्पनीको छ।

ग्राहकको चाहनाअनुसारको आकर्षक डिजाइन तथा रङहरूमा उपलब्ध होन्डाको एसपिआई १२५ ले युवा ग्राहकका साथै व्यस्त दैनिकी भएका ग्राहकलाई समेत आकर्षित गर्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ।

प्रकाशित: २५ माघ २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App