१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

उखु किसानलाई ८० करोड भुक्तानी

सर्लाहीका दुई चिनी उद्योगले चालू आर्थिक वर्षमा किसानसँग खरिद गरेकाे उखुको मूल्य भुक्तानी गरेका छन्।

गत पुस ६ गतेदेखि उखु क्रसिङ सुरु गरेका सर्लाहीका दुई चिनी उद्योगले हालसम्म ८२ करोड ६२ लाखभन्दा बढी रुपैयाँ उखु किसानको खातामा पठाइसकेका छन्।

सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगले किसानसँग उखु खरिद गरेकाे एक हप्ता भित्रै भुक्तानी दिन सुरु गरिसकेको छ। याेसँगै उद्योगका किसानहरु निकै खुसी देखिएका छन्।

उखु उत्पादक महासंघसँग किसानको उखु खरिदकाे ३० देखि ४५ दिन भत्रै भुक्तानी दिने सहमति भएको भए पनि उद्योगले एक हप्तामै भुक्तानी दिन थालेपछि उखु किसान हर्षित भएका हुन्।

इन्द्र शंकर चिनी उद्योगलाई उखु बेच्दै आएका रौतहटको गढीमाई नगरपालिका-२ का अगुवा उखु किसान कामेश्वर सहनीले चिनी मिलले एक हप्तामै उखुको भुक्तानी दिन थालेपछि आफूलाई बल्ल उखु नगदे बालीको रुपमा अनुभूति भएको बताए। उखु किसानले तत्कालै पैसा पाउन थालेपछि चिनी उद्योगप्रति विश्वास बढेको सहनीले बताए।

सरकारले उखुको मूल्य चिनी मिलले ५६५ रुपैयाँ प्रति क्विन्टल तिर्नुपर्ने र सरकारले अनुदानबापत किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने गरी उखुको प्रति क्विन्टल मूल्य ६३५ रुपैयाँ निर्धारण भएको छ। 

उखु किनिरहेका सर्लाहीका दुई चिनी उद्योग इन्दु शंकर चिनी उद्योग तथा गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहले सरकारी मूल्यअनुसार प्रति क्विन्टल ५६५ रुपैयाँ भुक्तानी दिइरहेका छन्।

इन्दु शंकर चिनी उद्योगले हालसम्म ५२ करोड ६२ लाख र महालक्ष्मी चिनी उद्योगले करिब ३० करोड गरी दुवै उद्योगले ८२ करोड रुपैयाँ किसानलाई उखुवापत भुक्तानी गरिसकेका छन्।

प्रकाशित: २१ माघ २०८० २०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App