४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कालंगाको आइपिओ निष्कासन ज्योति क्यापिटले गर्ने

कालंगा हाइड्रोले जारी गर्न लागेको आइपिओ निष्कासन गर्न ज्योति क्यापिटललाई नियुक्त गरिएको छ। सोहीक्रममा क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

कालंगा हाइड्रोले सर्वसाधारणका लागि जारी गर्ने प्रतिसेयर अङ्कित मूल्य सय रूपैयाँका दरले ४९ करोड रूपैयाँ बराबरको ४९ लाख थान साधारण सेयरमध्ये ३४ करोड ९० लाख रूपैयाँ बराबरको ३४ लाख ९० हजार थान साधारण सेयरको प्रत्याभूति गर्ने भएको हो।

ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल, कालंगा हाइड्रोको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभूति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित: २१ माघ २०८० ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App