२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर निष्कासन गर्न लक्ष्मी टेक्नो र एसबिआई मर्चेन्टबीच सम्झौता

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यले १४ करोड रूपैयाँको साधारण सेयर जारी गर्ने भएको छ। एक सय रूपैयाँ अंकित दरका १४ लाख कित्ता साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्न लागेको हो।

कम्पनीले सेयर जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरे।

लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रूपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो।

कम्पनी प्लास्टिकजन्य सामग्री सिपिभिसी÷पिभिसी पाइप्स तथा फिटिङ्स्, प्लास्टिक फर्निचरहरू, प्लास्टिकको पानी ट्यांकी, औद्योगिक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरू, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर उत्पादन गर्दै आएको छ।

पाइप र फिटिङ्सका लागि मुख्यतया ओम शिवम् पाइप्स एन्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापी रूपमा आधिकारिक वितरकहरू मार्फत आफ्नो उत्पादनको बिक्री वितरण गर्दै आएको कम्पनीका प्रबन्ध सञ्चालक लेखनाथ पोख्रेलले बताए।

प्रकाशित: १६ माघ २०८० ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App