१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिसबीच सम्झौंता

काठमाडौ– नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

यो सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिसले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, स्वास्थ्य संस्थामा सञ्चालन हुने एम्बुलेन्स सेवाको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने छ । यसको व्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्नेछ । सम्झौतामा आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने सर्त रहेको नेपाल एम्बुलेन्स सर्भिसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभागका श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा स्वस्थ्य मन्त्रालयका उच्च अधिकृतहरु र नेपाल एम्बुलेन्स सर्भिसका पदाधिकारी सहभागी थिए।एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले महत्वपूर्ण सम्झौता भएको बताए । उनले सरकारसँग मिलेर सबै एम्बुलेन्स सेवालाई एउटै नम्बर १०२ मा ल्याएर काम गर्ने बताएको विज्ञप्तिमा छ ।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App