२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से झिनो अंकले घट्दा पनि सवा चार अर्बमाथिको कारोबार

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०८८.२९ विन्दुमा झरेको छ। आइतबारदेखि उच्च अंकले घटिरहेको नेप्से मंगलबार आएर मात्रै थामिएको हो। मंगलबार १३७ कम्पनीको सेयर घट्यो भने १०३ कम्पनीको सेयर बढ्यो।  

आठ कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता सेयर किनबेच हुँदा चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रूपैयाँको सेयर कारोबार भयो।  

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै सूचक सामान्य अंकले घट्यो। सेन्सेटिभ सूचक ०.१९ अंक, फ्लोट सूचक ०.११ अंक र सेन्सेटिभ सूचक ०.२३ अंकले घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये मंगलबार ६ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो। मंगलबार बढ्ने उपसमूहमा होटल तथा पर्यटन रह्यो। सो उपसमूहतर्फ २५६.८३ अंकले बढ्यो ।  

त्यसैगरी निर्जीवन बिमातर्फ पनि ८०.४७ अंकले बढ्यो। मंगलबार सबैभन्दा धेरै घट्ने उपसमूहमा जीवन बिमा रह्यो। सो उपसमूह ७१.६८ अंकले घट्यो। त्यसैगरी टे«डिङतर्फको उपसूचक २४.६५ अंकले घट्यो। मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा चन्द्रागिरि हिल्स कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी नेपाल ल्युव आयल लिमिटेड कम्पनीको सेयर ९.९९ प्रतिशत र एनएमबी माइक्रोफाइनान्स कम्पनीको सेयर पनि ९.९२ प्रतिशतले बढ्यो। मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा मिडसोलु हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ६.२० प्रतिशतले घटेको छ।

प्रकाशित: १० माघ २०८० ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App