२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपाका मन्त्रीहरूले आजै राजीनामा दिन सक्ने

अशोक राई नेतृत्त्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई राई नेतृत्त्वको जसपाले समर्थन गर्ने भएपछि मन्त्रीहरूले आजै राजीनामा दिने तयारी भएको हो।

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले बताए।

उनले भने, ‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ। पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ।’

प्रकाशित: २० असार २०८१ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App