२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बुढी गण्डकी जलविद्युत आयोजनामा अहिलेसम्म ४३ अर्ब खर्च

फाइल तस्बिर

राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी जलविद्युतमा अहिलेसम्म ४३ अर्ब खर्च भएको छ। गोरखा र धादिङ जिल्लाको सिमानामा रहेको १२ सय मेगावाटको आयोजनामा अहिलेसम्म ४३ अर्ब खर्च भएको हो।

शुक्रवार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले यो आयोजनालाई अगाडि बढाउन सरकारले आवश्यक कामहरू गरिरहेको बताए।  आर्थिक वर्ष २०७९/८०को अन्तसम्म मुआब्जा वितरण र अध्ययनमा र अन्य खर्च समेत ४३ अर्ब रकम खर्च भइसेकेको उनको भनाइ छ।

पहिलो चरणमा निर्माण कार्यका लागि तयारी कार्यहरू सडक, पुल, क्याम्प जस्ता निर्माण कार्य गर्ने, दोस्रो चरणमा ड्याम निर्माण सम्बन्धी कार्यहरू गर्ने र तेस्रो चरणमा इन्टेक, पावर हाउस, इलेक्ट्रिक मेकानिकल, ट्रान्समिसन लाइन सम्बन्धी कार्यहरू गर्ने प्रस्ताव भएको उनले बताए। 

प्रकाशित: ५ माघ २०८० ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App