४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सन्राइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

सन्राइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा गाभिई एलएस क्यापिटलको नाममा एकीकृत कारोबारको सुरु गरेको छ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटलको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी पुस २३ गते बाट एकीकृत कारोबार सुरु गरेको हो। दुई कम्पनी गाभिए पश्चात् नवीन सेवा सुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको जनाएको छ। मर्जर पश्चात् राजिव सापकोटा अध्यक्ष भएका छन् भने विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन्।

मर्जर पश्चात् कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरूको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरूलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलको छ।

प्रकाशित: २५ पुस २०८० ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App