१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको बजार हिस्सा ८ प्रतिशत

स्थापनाको छोटो समयमै फड्को मारेको ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रमा आठ प्रतिशत बढी बजार हिस्सा ओगटेको छ।

गत वर्ष बैंक अफ काठमाण्डू (बिओके) लाई गाभेर एकीकृत कारोबार सुरु गरेसँगै ग्लोबल आइएमई बैंक पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो। २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर ठूलो बैंक बनेको हो।

वित्तीय सूचकका आधारमा अब्बल बनेको बैंकले बजार हिस्सा बढाउँदै आठ प्रतिशत पुर्‍याएको ग्लोबल आइएमई बैंकले जनाएको छ। नागरिकलाई बैंकिङ पँहुच पुर्‍याउन देश तथा विदेशका करिब एक हजार ६७ सेवा केन्द्रहरूबाट बैंकिङ सेवा प्रवाह गरेको बैंकले जनाएको छ।

मुलुकको सातवटै प्रदेशमा मर्जर पश्चात् एकै ठाउँमा गाभिएबाहेक बैंकले तीन सय ५० वटा शाखा, ६६ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २७४ वटा शाखारहित बैंकिङ सेवा, तीन सय ७४ वटा एटिएम, विदेशमा भारत, बेलायत र अष्ट्रेलियामा समेत गरी तीन स्थानमा प्रतिनिधि कार्यालय सञ्चालन गरेको छ।

बैंकले शाखा, एटिएम, एक्सटेन्सन काउन्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालयसमेत गरी एक हजार ६७ भन्दा बढी सेवा केन्द्रमार्फत ४५ लाख सेवाग्राहीहरूलाई सेवा प्रदान गरेको जनाएको छ।

आव २०७९/८० मा सरकारलाई संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी करिब ६ अर्ब ४० करोडको योगदान गरेको ग्लोबल आइएमई बैंकका चन्द्र ढकालले बताए।

‘गत वर्ष सबैभन्दा बढी कर तिर्ने बैंक घोषणा भएको थियो,’ अध्यक्ष ढकालले भने, ‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ।’

तीन हजार ६ सय ७७ जना भन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको अध्यक्ष ढकालले बताए।

‘सबैका लागि बैंक’ भन्ने दृष्टिकोणसहित अहिलेसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भएका छन्।

चालु आवको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रूपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा बैंकको नाफा एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रूपैयाँ थियो।

चालु आवको पहिलो त्रैमासमा बैंकको व्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कमिसन आम्दानी वृद्धि भएको छ।

बैंकको खुद ब्याज आम्दानी चार अर्ब ८० करोड रूपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी तीन अर्ब २० करोड रूपैयाँ गरेको थियो। यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनमा ७८ करोड रूपैयाँले बढेको छ।

गत वर्षको यसै अवधिमा बैंकले तीन अर्ब १४ करोड आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा तीन अर्ब नौ अर्ब ९२ करोड रूपैयाँ गरेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३२ करोड ३३ लाख रूपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा नौ रूपैयाँ ९६ पैसा रहेको छ। ३५ अर्ब ७७ करोड १० लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रूपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ।

ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको थियो। बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रूपैयाँ कर दाखिला गरेर सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा सरकारबाट सम्मानित भएको थियो।

ग्लोबल बैंक कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रूपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रूपैयाँ छ। बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकले आफ्ना लगानीकर्तालाई गत वर्ष २५.५० प्रतिशत लाभांश बाँडेको थियो। २०६३ सालमा १८ औं वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आइएमई बैंक एक अर्ब ५० करोड चुक्ता पुँजीसहित स्थापना भएको थियो। अहिले बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ।

बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि विभिन्न काम गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न ७७ वटै जिल्लामा प्रविधिमैत्री वित्तीय साक्षरता कार्यक्रम, निःशुल्क नारी स्वस्थ्य शिविर लगायत शिक्षा, स्वास्थ्य, खेलकुद, माहामारी नियन्त्रण, बैंकिङ जनचेतना, वित्तीय साक्षरता, प्राकृतिक प्रकोप, वातावरण संरक्षण आदि शीर्षकमा दुई करोड ५७ लाख रूपैयाँको योगदान गरेको छ।

प्रकाशित: १७ पुस २०८० ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App