२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अदालतको आदेश अपव्याख्या नगर्न यसोदा फुड्सको ध्यानाकर्षण

उच्च अदालतको आदेशको गलत व्याख्या गरी कम्पनीको उत्पादन बिक्रीमा रोक लगाएको भनी दुष्प्रचार गरेकोमा यसोदा फुड्सको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ।

कम्पनीको उत्पादन करेन्ट चाउचाउ बिक्रीमा भएको आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चारमाध्यममा आएका दुष्प्रचारबारे कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

उद्योग विभागको निर्णयउपर सिजी फुड्सले उच्च अदालत पाटनमा पुनः करेन्ट चाउचाउ उत्पादन बिक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा उच्च अदालत निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो भन्ने आदेशको अपव्याख्या भएको कम्पनीको धारणा छ।

उच्च अदालतले उद्योग विभागको निर्णय कार्यान्वयन नगर्न अर्थात् विवादित लेवलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्न मात्र आदेश गरेको विषयलाई गलत व्याख्या गरी बिक्रीवितरणमै रोक लगाएको भन्ने भ्रामक समाचार सत्य नभएको कम्पनीले बताएको छ।

प्रकाशित: १७ पुस २०८० ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App