२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंकले  २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ।बैंक सञ्चालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थितिमा बैंकको वार्षिकोत्सव सम्पन्न गरेको हो।

यसैबीच बैंकले २१ औं वर्षसम्मको यात्रालाई समेटेर तयार पारेको ‘कफी टेबल बुक’ कार्यक्रममा सार्वजनिक गरेकोे छ।साथै बैंकले आफ्ना पूर्व सञ्चालक समितिका सदस्यहरू एवं पूर्वप्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानको कदर गर्दै अभिनन्दन गरेको छ।

यसै अवसरमा बैंकले सिद्धार्थ प्लाटिनम डेबिट कार्ड पनि सार्वजनिक गरेको छ।साथै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्र्दै ‘फ्री फोर’ र ‘लग विन’ योजना पनि बैंकले सार्वजनिक गरेको छ।

प्रकाशित: १० पुस २०८० १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App