५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स’

क्याप्शन

एनआइसी एसिया बैंकलाई मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवाको मूल्यांकन गरी ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ दिइएको छ।

अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत बैंक ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट सम्मानित भएको हो।

बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा साइबर सोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरूबाट आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

यस सेवाबाट बैंकले इ–कमर्श कम्पनीहरू, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एन्ड टुर, हेन्डिक्राफ्ट तथा अन्य व्यावसायिक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई साइबर सोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रूपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरू उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरू प्रदान गरेको हो।

प्रकाशित: ९ पुस २०८० ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App