१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

२१ अंकले घट्यो नेप्से,सात अर्ब माथिको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक दिनभरजसो उतारचढाव हुदैँ दोहोरो अंकले गिरावट भएको छ।

आइतबार नेप्सेपरिसूचक २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा झरेको छ। १६१ कम्पनीको सेयर घट्यो भने ७९ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रहयो।  

आइतबार एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८ सय २९ रुपैयाँको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भएको छ। आइतबार सेन्सेटिभ सूचक ५।२९ अंकले घटेको छ।त्यसैगरी फ्लोट सूचक १.५८ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि २।१६ अंकले घटेको छ। 

नेप्सेका १३ उपसूचकमध्ये आइतबार ९ उपसूचक घट्यो भने चार उपसूचक बढ्यो। आइतबार सवैभन्दा धेरै घट्ने उपसूचकमा उत्पादन तथा प्रशोधनतर्फ रह्यो। सो उपसूचक १६९.३८ अंकले घटेको छ।  

त्यसैगरी टे्रडिङतर्फको उपसूचक पनि ९५।९३ अंकले घटेको छ  भने माइक्रोफाइनान्स पनि ५२.३८ अंकले घटेको छ। आइतबार बढ्ने उपसूचकमा निर्जीवनबीमातर्फको रह्यो। सो उपसूचक ६२.११ अंकले बढेको छ।  

त्यसैगरी जीवनबीमातर्फको उपसूचक पनि ६०.१७ अंकले बढेको छ।अन्यतर्फको उपसूचक १३.३२ अंक र हाइड्रोपावरतर्फको उपसूचक पनि २.१० अंकले बढेको छ। आइतबार ५ वटा कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ। 

बढ्ने कम्पनीमा बोटलर्स नेपाल,कालिका पावर कम्पनी, सामलिङ पावर कम्पनी, विपिडब्लु लघुवित्त कम्पनी र चिरख्वा हाइड्रोपावर कम्पनी रह्यो।आइतबार  १० प्रतिशतको दरले सेयर घट्ने कम्पनी दुई वटा रह्यो।ज्योत्ति विकास बैंक बोन्ड २०८९ र नेपाल रिपब्लिक मिडिया रह्यो।

यसैगरी हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरपनि ९.८५ प्रतिशतले घटेको छ। गत साताभरिमा समग्रमा समग्रमा ११४.४९ अंकले बढेको थियो। गत साताको अन्तिम कारोबार दिन विहीबार नेप्सेपरिसूचक नेप्से परिसूचक दिनभरजसो उतारचढावपूणर् हुँदै ३२.७७ अंकले घटेर २१०९.१० विन्दुमा झरेको  थियो।

 सो दिन  १९१ कम्पनीको सेयर घट्यो भने ५० कम्पनीको सेयर बढ्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो। बिहीबार एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैयाँको सेयर कारोबार भयो।

प्रकाशित: ८ पुस २०८० १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App