१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

जनकपुरमा केस कन्सट्रक्सनको सोरुम

काठमाडौं – अटोमोबाइल, निर्माण तथा कन्सट्रक्सन मेसिन बिक्री वितरण गर्दै आएको शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जनकपुरमा केस कन्सट्रक्सनको नयाँ सोरुम सञ्चालनमा ल्यााएको छ ।

धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इँटा उद्योग संघका अध्यक्ष विनयकुमार यादव र जगदम्बा मोटर्स हेवी इक्विप्मेन्ट डिभिजनका प्रमुख संजिव देउजाद्वारा उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले अहिलेसम्म देशभरी १३ भन्दा बढी स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले कम्प्याक्टर, ब्याक हो लोडर, स्किड स्टिर, लगायत हेवी इक्विप्मेन्टको बिक्री–वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्रीपछिका सम्पूर्ण सेवा र मर्मतसम्भार गर्दै आएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा केस कन्सट्रक्सन आफ्नो जिम्मेवारीप्रति कटिबद्ध रुपमा लागिपरेको उल्लेख छ ।

प्रकाशित: १७ माघ २०७४ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App