१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

भैरहवा- भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झाण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ।  राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ।

भन्सार विभागले पुस मसान्तसम्म भैरहवा भन्सारलाई ३७ अर्ब ४६ करोड १२ लाख राजश्व असुलीको लक्ष्य दिएको थियो। तर भैरहवाले सो अवधीमा लक्ष्य भन्दा साढे ४ अर्ब कम राजश्व संकलन गरेको छ। कार्यालयले पौष मसान्तसम्म ३३ अर्ब ४ करोड ९९ लाख राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ८८ दशमलब २३ प्रतिशत हो । चालु आर्थिक बर्षकालागि बिभागले भैरहवालाई  ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकेको छ। तर आर्थिक बर्षको ६ महिनामा तोकिएको लक्ष्यभन्दा करिब साढे ४ अर्ब कम राजश्व संकलन भएपछि बार्षिक लक्ष्य पुरा नहुने संकेत देखिएको हो । गत आर्थिक बर्ष २०७३/०७४ को पुस मसान्तसम्म ३४ अर्ब १८ करोड ७१ संकलन भएको थियो।

 गत बर्षको तुलनामा सवारी साधनको आयातमा कमी आउँदा त्यसको असर राजश्व संकलनमा परेको भैरहवा भन्सारका सूचना अधिकृत कलिराम पौडेलले बताए।  आयातमा आएको कमीसंगै अघिल्लो बर्षको तुलनामा यो बर्ष लक्ष्य बढी तोकीएकाले पनि ६ महीनामा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको सूचना अधिकृत पौडेलले बताए। उनका अनुसार पोहोरको तुलनामा यो बर्ष जीप, कार, भ्यान जस्ता सवारी साधनको आयात घटेको छ।

भन्सारको तथ्यांक अनुसार आबमा भन्सार शुल्कबाट १३ अर्ब ४५ करोड ६० लाख, मूल्य अभिबृद्धि करबाट १२ अर्ब ४७ करोड २५ लाख र अन्तशुल्कबाट ७ अर्ब १२ करोड १४ लाख राजश्व संकलन गरेको छ।

असोज महिनामा मात्रै राजश्व लक्ष्य पुरा भएको छ। असोजमा लक्ष्यभन्दा १२ दशमलब ८९ प्रतिशत बढी राजश्व संकलन भएको छ भने साउन महिनामा लक्ष्यभन्दा ८.५९, भदौमा ५.६७, कार्तिकमा १८.५५, मंसिरमा २३.६७ र पुस महिनामा २३.५३ प्रतिशतले राजश्व संकलनमा कमी भएको छ। आयातको तुलनामा निर्यात नगन्य रहेको यो नाकाबाट यो बर्ष बिगतको भन्दा निर्यात केही बढेको छ। भैरहवा नाकाबाट अदुवा र सुठो,चोकर भुस, पिना, फापर कोदो र अन्य खाद्यान्न, जडिबुटी, रद्धी कागज, काँच र डण्डी ट्युबहरू, सेन्थेटिक यार्न, बोरा झोला जस्ता बस्तु निर्यात हुने गर्दछ। 

प्रकाशित: १४ माघ २०७४ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App