१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सहज भुक्तानीका लागि आइएमईको ‘भर्चुअल भिजाकार्ड’

ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ।

सोमबार राजधानीमा आयोजित विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवा संयुक्त रूपमा सुरु गरे।

प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्डबाहक ग्राहकले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर स्क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन्।

भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारीसम्म पहुँच स्थापित गर्ने सरल भुक्तानी सेवा हो। यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोसेढुंगा सावित हुने बताए।

उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँनयाँ प्रविधिको विकास गरेकोमा बैंकलगायत संलग्न सबैको प्रयास रहेको बताए।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत वज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँ–नयाँ प्रविधिको विकास र बिस्तारमा सधैं अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवद्र्धन गर्न जरुरी रहेको बताए।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र बिस्तारमा सबै सरोकारवालाहरूबीच ठूलो सहकार्यको आवश्यकता रहेको बताए। स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले डिजिटल प्रविधिको विकास अहिले चर्चाको विषय बनेको बताए।  

प्रकाशित: ३ पुस २०८० ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App