२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

किफायती मूल्यमा पोको एम फाइभ स्मार्टफोन

नेपाल-इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेटमैत्री पोको एम फाइभ बजारमा आएको छ।

सुलभ मूल्यमा गेमिङको मजा लिन चाहनेका लागि लक्षित सो स्मार्टफोन चार जिबी + ६४ जिबीलाई २० हजार चार सय ९९ रूपैयाँ र ६ जिबी + १२८ जिबीलाई २३ हजार नौ सय ९९ रूपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ।

पोको एम फाइभ मिडियाटेक हेलियो जी ९९ चिपसेटसहित आउने र यसले सिमलेस मल्टिटास्किङ र गेमिङ अनुभव समेत सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

पोको एम फाइभमा ९० हर्जको डायनामिक स्विच डिस्प्ले भएको र यसले प्रयोग अनुसार आफैं डिस्प्लेको रिफ्रेस रेट घटबढ हुने गर्छ। साथै ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्लेसहित २४० हर्जको स्याम्प्लिङ रेटले यो फोनमा छरितो टच रेस्पोन्स गर्ने सुविधा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ३ पुस २०८० ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App