९ आश्विन २०७७ शुक्रबार
अर्थ

खाद्य संस्थानको चामलले घरेलु मदिरा

जुम्ला – नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा विक्री गर्दै आएको चामलले घरेलु मदिरा बनाउने गरेको पाइएको छ। मोटो चामल स्वादिलो नहुने भएकोले घरेलु मदिराका लागि उपयुक्त हुने उपभोक्ताहरु बताउछन। ‘यो चामलको घरेलु मदिरा निकै राम्रो मानिन्छ,’ पातारासी गाउँपालिकाका स्थानीय धनराज बुढाले भने, ‘गाउँगाउँमा संस्थानको चामलवाट घरेलु मदिरा बनाउनेको होड छ।’

खाद्य संस्थानबाट चामल भात खानको लागि भनेर ल्याउने गरेको बताउँदै उनले यहाँ ल्याएर घरघरमा भट्टी बनाएर रक्सी बनाउने र त्यो रक्सी प्रति बोतल एक सय रुपैयामा विक्री गर्दै आएको बताए। चामलको मदिरा बनाउनका लागि किनेको मूल्यको दोब्बर फाइदा हुने गरेको स्थानीयको अनुभव छ। धनराजले भने, ‘मोटो चामलको कुहाएर रक्सी बनाउदा नसा दिनुका साथै स्वादिलो पनि हुन्छ।’

बजारमा पाइने महंगो चामलको विहान बेलुका भात खादै आएपनि संस्थानको मोटो चामल मदिरा बनाउनकै लागि ल्याउने गरेका हुन। ‘संस्थानले प्रति व्यक्ति दुई बोरा दिन्छ, धेरै उपभोक्ता लाईनमा वसालेर एकमुष्ट १५–२० बोरा एकै जनाले लिएर गाउँमा मदिरा बनाउछन,’ स्थानीय मानबहादुर बुढाले भने, ‘महंगोमा मदिरा विक्री गर्छन। हिउँदमा बनाएको जाड रक्सी यार्सा सिजनमा विक्री गर्छन। पाटनमा मदिरा बोकेर लिएर यार्सा संग साट्दै आएका छन।’

उनले भने, àसंस्थानको चामल मात्रै पकाउदा भात स्वादिलो हुँदैन, घरेलु चामलसंग मिसाएर प्रयोग गर्छन। तर घरेलु चामल नहुनेले मदिराकै लागि यो चामल किनेर ल्याउछन। सदरमुकामका भोटे र पातारासी र गोठिचौर गाउँपालिकाका खसानहरु पनि यो चामल लिएर मदिरा बनाउने गरेका छन। संस्थानमा आएर विहे, भोज भतेरका लागि भन्दै चामल लिन्छन, गाउँमा चामलको दुरुपयोग गर्छ, मानवहादुरले भने, संस्थानको चामल प्रयोगवारे अहिले सम्म कसैले अनुसन्धान गरेको भेटिदैन।

मदिरा वनाउनको लागि यो चामल प्रयोग नभएमा संस्थानमा चामल किन्ने संख्यामा निकै कमी आउने जानकारहरु वताउछन। संस्थानको चामलले गाउँमा मदिरा सस्कृति मौलाउदो अवस्थामा छ। ‘संस्थानलाई जसरी पनि चामल बेच्नु छ, स्थानीयलाई मदिरा बनाउनु छ, कसले निगरानी राख्ने ?’ पातारासीका मणिकृष्ण बुढाले भने, ‘यो चामलको गाउँमा सदुपयोग हुन सकेको छैन।’

तत्कालिन पातारासी, छुमचौर,डिल्लीचौर, पट्मारा, गोठिचौर र चन्दननाथ नगरपालिका क्षेत्रमा संस्थानको चामल घरेलु मदिरा वनाउनेमा प्रयोग हुने गरेको छ।

संस्थानको चामल सस्तो हुने भएकोले गाउँमा चामलको प्रयोग गलत हुने गरेको स्थानीय बताउँछन। गाउँमा स्थापित सानातिना पसल देखि घरघरमा चामलको मदिरा पाउने गरेको छ। अहिले संस्थानको चामल किन्न आउनेको संख्यामा कमी आउदै गरेको छ। खलंगा लगायतका स्थानीय वजारमा खोजेकै चामल पाउन थालेपछि संस्थानको चामल मदिरा वनाउका लागि मात्रै किन्ने गरेका हुन।

खाद्य संस्थानमा अरुवा मोटो चामल प्रतिकेजी ४०,अरुवा मकवानपुर ३९ रुपैया ९० पैसा, उसिना चामल ३४ रुपैया, मध्यम ४५ र सोना मन्सुली ४९ रुपैया प्रतिकेजीमा विक्री भइरहेको छ। संस्थान प्रमुख रणवहादुर ऐर भात खाने मनसायले संस्थानवाट उपभोक्ताले चामल लिने गरेको बताउछन। उनले भने, ‘प्रतिव्यक्ति दुई बोरा चामल उपलव्ध गराउछौ, गाउँमा केमा प्रयोग भईरहेको छ, हेर्न सकेका छैनौ।’ संस्थानको चामल मदिरा वनाउन प्रयोग भएको वारेमा जानकारी नभएको प्रतिक्रिया दिए।

प्रकाशित: ११ माघ २०७४ २०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App