१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धनकुटाको कृषि क्षेत्रमा ५ करोड भन्दा बढी बजेट

धनकुटा – चालु आर्थिक बर्ष ०७४÷०७५ मा धनकुटाको कृषि क्षेत्रमा ५ करोड ३५ लाख ६५ हजार खर्च गरिने भएको छ। कृषि बिकास मन्त्रालयले जिल्लाका ७ स्थानीय तहमा रहेका ३ नगरपालिका र ४ गाउँपालिका मार्फत उक्त रकम खर्च गर्ने भएको हो।

कृषि विकास मन्त्रालयले जिल्ला कृषि बिकास कार्यालय धनकुटालाई पठाएको जानकारी अनुसार धनकुटा नगरपालिकामा १० करोड ४७ लाख ७ हजार, पाख्रिबास नगरपालिकामा ६६ लाख ८९ हजार, महालक्ष्मी नगरपालिकामा ८० लाख ९९ हजार खर्च गर्ने भएको छ।

 त्यस्तै शहिदभूमि गाउँपालिकामा ७१ लाख ८९ हजार, चौबिसे गाउँपालिकामा ९६ लाख ३ हजार, छथर गाउँपालिकामा ४८ लाख ७७ हजार र साँगुरी गाउँपालिका ६६ लाख ३१ हजार खर्च गरिने भएको छ।

मन्त्रालयले पठाएको बिभिन्न ६ वटा शिर्षकमा यो रकम खर्च गरिने भएको छ।  मन्त्रालयले पठाएको परिपत्र अनुसार एक गाउँ एक प्राबिधिक कार्यक्रम अन्तर्गत ३८ लाख ४० हजार, सहकारी खेती र साना सिंचाई कार्यक्रममा ३२ लाख ३ हजार, बाली बिकास कार्यक्रममा २० लाख ८३ लाख खर्च गरिने छ।

त्यस्तै प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत २ करोड ४९ लाख, आलु, तरकारी, मसला बिकास कार्यक्रममा २२ लाख ५६ हजार र माटो  ब्यबस्थापन कार्यक्रमका लागि ६५ लाख ८ हजार खर्च गरिने छ।

उक्त सम्पूर्ण बजेट स्थानीय निकायहरुबाट निकासी हुने भएपनि प्राबिधिक सेवा सुबिधा भने कृषि कार्यालबाट सेवा दिईने कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत भरतप्रसाद बिडारीले बताए।

प्रकाशित: १० माघ २०७४ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App