८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई हजार विन्दुमा छोएको नेप्से, टिक्नै सकेन

साताको चौथो कारोबार दिन बुधबार नेप्सेपरिसूचक २००० को विन्दुलाई छोएर फेरि  १९८८.०४ विन्दुमा नै रोकिएको छ। साताको चौथो कारोबार दिन नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा अड्किएको हो।

बुधबार  दिनभरजसो उतारचढावपूर्ण भएको नेप्सेपरिसूचक १२ बजेर ११ मिनेट जाँदा २०१६.४६ विन्दुमा टच भएको थियो। तर,सो विन्दुमा नेप्सेपरिसूचक कायमै रहन भने सकेन। बुधबार १३५ कम्पनीको सेयर बढ्यो भने ९९ कम्पनीको सेयर घट्यो। ७ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५ सय ७० रुपैयाँको सेयर कारोबार भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीनवटै सूचक सामान्य अंकले बढेर हरियाली छायो। सेन्सेटिभ सूचक ०.९३ अंकले बढ्यो भने फ्लोट सूचक पनि  ०.१५ अंकले बढ्यो । सेन्सेटिभ फ्लोट सूचक पनि ०.५७ अंकले बढेको छ। नेप्सेका १३ उपसूचकमध्ये विहीबार ९ उपसूचक  बढ्यो भने ४ उपसूचक घट्यो।

बुधबार सबैभन्दा धेरै बढ्ने उपसूचकमा विकास बैंकतर्फको रह्यो । सो उपसूचक ४४.२२ अंकले बढ्यो। त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि ४२.५३ अंकले बढ्यो। बुधबार सबैभन्दा धेरै घट्ने उपसूचकमा निर्जीबनबीमा रह्यो। सो उपसूचक १४४.४६ अंकले घट्यो। जीवनबीमातर्फको उपसूचक पनि १२९.१० अंकले घट्यो। त्यसैगरी होटल तथा पर्यटनतर्फको उपसूचक पनि ८९.५५ अंकले घटेको छ।

बुधबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा बोटलर्स नेपाल कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी मैलुङ हाइड्रोपावर कम्पनीको सेयर ९.९८ प्रतिशत र घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर ९.९६ प्रतिशतले बढेको छ। बुधबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ५.६९ प्रतिशतले घटेको छ ।त्यसैगरी सुपर माई हाइड्रोपावर कम्पनीको सेयर ५.०१ प्रतिशत र सानिमा जिआईसी इन्सुरेन्स कम्पनीको सेयर पनि ४।४७ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से १११.२० अंकले बढेर उछाल आएको थियो। सो दिन नेप्से १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेको थियो। आइतबार १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ रुपैयाँको सेयर कारोबार भयो।

आइतबार २२७ कम्पनीको सेयर बढ्यो भने दुई कम्पनीको सेयर घट्यो। एक कम्पनीको सेयर स्थिर रह्यो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा उतारचढाव हुँदै १५.४० अंकले करेक्सन भएर १९४८.५७ विन्दुमा झरेको छ। सो दिन एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

कारोबार रकमको आधारमा भने सोमबार उच्च रकमको सेयर कारोबार भयो। आइतबार भने ४८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो।  सोमबार १५७ कम्पनीको सेयर घट्यो भने ८१ कम्पनीको सेयर बढेको थियो। तीन कम्पनीको सेयर स्थिर रह्यो। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से ३६।८६ अंकले बढेको छ  सो दिन नेप्से ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको हो।  मंगलबार २१४ कम्पनीको सेयर बढ्यो भने २४ कम्पनीको घटेको छ। चार कम्पनीको स्थिर रहयो। मंगलबार एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँको सेयर किनबेच भयो।

प्रकाशित: २७ मंसिर २०८० ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App