२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

बुधबार नेप्से झिनो अङ्कले बढ्यो

तीन दिनदेखि लगातार घटिरहेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन बुधबार भने झिनो अङ्कले बढेको छ। बुधबार दिनभरजसो नेप्से परिसूचक उतारचढावपूर्ण हुँदै  कारोबार बन्द हुने अन्तिम मिनेटमा झिनो अङ्कले बढेको छ। बुधबार ३७ लाख ५५ हजार १ सय २४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२ रुपैयाँको सेयर कारोबार भयो। बुधबार १२१ कम्पनीको सेयर बढ्यो भने १०६ कम्पनीको सेयर घट्यो।

१३ कम्पनीको सेयर स्थिर रह्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीन वटा सूचकमध्ये दुई उपसूचक घट्यो भने एक उपसूचक बढ्यो। सेन्सेटिभ सूचक ०.३६ अङ्कले घट्यो। फ्लोट सूचक ०.२० अङ्कले बढ्यो भने सेन्सेटिभ फ्लोट सूचक भने ०.०१ अङ्कले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये बुधबार ८ उपसूचक बढ्यो भने ५ उपसूचक घट्यो। बुधबार बढ्ने उपसूचकमा जीवनबीमातर्फ रह्यो। सो उपसूचक १२५.३० अङ्कले बढ्यो। निर्जीवन बीमातर्फ  ७८.०२ अङ्कले बढ्यो।

माइक्रोफाइनान्सतर्फ १६.८२ अंक र टे«डिङतर्फ ११.५७ अङ्कले बढेको छ। बुधबार घट्ने उपसूचकमा उत्पादन तथा प्रशोधनतर्फ ३३.२५ अङ्कले घट्यो  भने होटेल तथा पर्यटनतर्फको उपसूचक पनि १९.८८ अङ्कले घट्यो। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा ग्लोबल आइएमई लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। विजया लघुवित्त कम्पनीको सेयर ८.०७ प्रतिशत र मन्दाकीनी हाइड्रोपावर कम्पनीको सेयर ७।८७ प्रतिशतले बढेको छ। मैलुङ हाइड्रोपावर कम्पनीको सेयर पनि ७.८३ प्रतिशतले बढेको छ। बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सिँगटी हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.१३ प्रतिशत र सनराइज ब्लूचिप फण्डको सेयर ५.७३ प्रतिशत र हिमालय बैंक डिबेञ्चर कम्पनीको सेयर पनि ५.६६ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार ७।२९ अङ्कले घटेको थियो । सो दिन १३६ कम्पनीको सेयर घट्यो भने ९४ कम्पनीको सेयर बढ्यो । १० कम्पनीको सेयर स्थिर रह्यो। आइतबार ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार ४ सय ३१ रुपैयाँको सेयर कारोबार भयो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३.४२ अङ्कले घटेर १८४७.८१ विन्दुमा झरेको छ। सो दिन १२२ कम्पनीको सेयर बढ्यो भने १०९ कम्पनीको सेयर घट्यो।

८ कम्पनीको सेयर भने स्थिर रह्यो। सोमबार ३८ लाख ९६ हजार २ सय ८७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४ रुपैयाँको सेयर कारोबार भयो। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १०.१० अङ्कले घटेर १८३७.७१ विन्दुमा झरेको छ। सो दिन १६१ कम्पनीको सेयर घट्यो भने ६२ कम्पनीको सेयर बढ्यो। १४ कम्पनीको सेयरभने स्थिर रह्यो।  ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८ रुपैयाँको सेयर कारोबार भयो।

प्रकाशित: २० मंसिर २०८० ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App