२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

क्रिसमसलाई लक्षित गर्दै च्यारीटेबल सेलिब्रेसन हुने

आगामी नयाँ बर्ष र क्रिसमसलाई लक्षित गर्दै विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। डिसेम्बर २ का दिन सोल्टी नोटमा हुने उक्त क्रिसमस बजार च्यारीटेबल सेलिब्रेसन हो।

 बजारको रुपमा विगत चार दशकदेखि एक्टिभ उमन अफ नेपाल (एवन) ले सञ्चालन गर्दै आएको छ। एवनका अनुसार बजारमा विभिन्न स्टार्टअप कम्पनी, आर्गनिक प्रोडक्टस्, स्थानीय उत्पादन, फेसनवेयर, ट्राभल लगायतका सय भन्दा बढी स्टल रहने छ।

बजारमा प्रवेश निःशुल्क रहेको छ भने बिहान नौ बजे देखी साँझ ६ बजेसम्म चल्ने आयोजकले बताएको छ। विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले आफ्नो रुचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिइने बजारमा संकलित रकम एवनका च्यारीटेबल कार्यहरुमा खर्चिने एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले बताईन्।

नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स, डाबर नेपाल, काल्सवर्ग तथा रुपिज इन्टरनेशनल स्कुल प्रायोजक रहेको एवन बजारको उद्घाटन एवनको मानर्थ अध्यक्ष तथा अमेरिकी राजदूतकी श्रीमती जेन क्रिल थोम्पसनले गर्नेछिन्।

प्रकाशित: १४ मंसिर २०८० १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App