१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

सुनको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला मङ्गलवार एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सोमवार छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य मङ्गलवार प्रतितोला एक हजार पाँच सय रुपैयाँ कायम भएको छ।  

प्रकाशित: १२ मंसिर २०८० ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App