१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारी सिटामोल उत्पादन माघदेखि

काठमाडौं–सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल उत्पादन सुरु गर्ने जनाएका छ । सिटामोल उत्पादनसँग प्रत्येक महिना एक–एक नयाँ औषधि गरी आठवटा उत्पादन थप्ने लिमिटेडले घोषणा गरेको छ । 
आफू नियुक्त भएको एक वर्ष पुगेको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै महाप्रबन्धक रोभसकुसम सुवदीले सिटामोल उत्पादन गर्न आवश्यक २ वटा मेसिन भन्सारमा अड्किएकाले माघ महिनाभित्रमा उत्पादन सुरु गरिसक्ने बताए । ‘भारतबाट हिँडेको मेसिन भन्सारमा बसेको छ,’ सुवेदीले भने, ‘उक्त मेसिन जडानपछि सिटामोल उत्पादन सुरु हुन्छ ।’

सिटामोल उत्पादन सुरु गरेपछि प्रत्यके महिना एक–एक गरेर ८ वटा नयाँ औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको घोषणा 

वैशाखमा जीवनजल उत्पादन गरेर पुनः सञ्चालनमा आएको यस उद्योगले दोस्रो उत्पादनका रुपमा सिटामोल उत्पादन गर्न लागेको हो । सिटामोलको कच्चा पदार्थ आइसकेको, प्याकेजिङ तथा वितरणको लागि बोलपत्रसम्बन्धी कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । 

उद्योगले गएको दसैंसम्ममा सिटामोल पनि उत्पादन गर्ने लक्ष्य राखेको थियो । केही प्राविधिक समस्याले लक्ष्य अनुसार गर्न नसके पनि माघ महिनाभित्रै दोस्रो उत्पादनका रुपमा सिटामोल बजारमा आउन लागेको सुवेदीको भनाइ छ । 
महाप्रबन्धक भएपछि जीवनजल उत्पादन सुरु गरेको, ट्याब्लेट उत्पादन एकाइको पुनः निर्माण अन्तिम चरण्मा रहेको, जीवनजल बिक्री वितरण गर्न सुदूरपश्चिम, मध्यमश्चिम, पश्चिमाञ्चल, मध्यमाञ्चल लगायत ठाउँमा सप्लायर्स तोकेको लगायत काम गरेको सुवेदीले बताए । 

उद्योग बन्द भएको ७ वर्षपछि तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा वैशाखमा औषधि लिमिटेडलाई पुनः सञ्चालन गरिएको थियो । पुनः सञ्चालनमा ल्याउँदै २ वर्षभित्रमा नाफामा जाँदा आधारभूत आवश्यकताका सम्पूर्ण औषधि उत्पादन गर्ने योजना सार्वजनिक गरिएको थियो । 

२०३५ सालदेखि नेपाल औषधि लिमिटेडले जीवनजल उत्पादन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जिएमपी मोडलमा उद्योगलाई परिवर्तन गरेर उत्पादन सुरु गरिएको हो । 

विश्व स्वाथ्य संगठनले तय गरेको कुशल निर्माण विधि सुरु गर्न मन्त्रिपरिषद्ले १४ करोड ६५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय गरेको थियो । तर, सरकारले त्यसमध्ये ६ करोड ४८ लाख रुपैयाँ मात्र उपलब्ध गराएको कम्पनीले जनाएको छ । 
सरकारले निःशुल्क वितरण गर्ने औषधि मात्र उत्पादन गर्न सक्ने हो भने पनि यस उद्योगले राम्रो व्यवसाय गर्न सक्नेछ । हाल स्वास्थ्य मन्त्रालयले वार्षिक १ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको औषधि निःशुल्क वितरण गर्दै आएको छ । 
स्वास्य मन्त्रालयले अहिले पनि करोडौं प्याकेट जीवनजल किनेर ग्रामीण क्षेत्रमा निःशुल्क उपब्ध गराउँदै आएको छ । त्यो बजारलाई औषधि लिमिटेडले लिन सक्छ । सरकारी जीवनजल बन्द भएपछि मुलुकका अन्य निजी क्षेत्रका कम्पनीहरूले बजार लिएका थिए ।
स्वदेशमा आवश्यक पर्ने औषधि उत्पादनका लागि २०२९ सालमा स्थापना गरिएको उद्योगले २०६६ सालमा उत्पादन बन्द गरेको थियो । उद्योग बन्द गर्नुको प्रमुख कारण आर्थिक घाटाभन्दा पनि विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जिएमपी मोडलमा जान नसक्नु थियो । जिएमपी मोडल भनेको औषधि उत्पादन गर्ने उपकरण र कोठा पूर्णतः कीटाणुविहीन तथा हावा छिर्न नसक्ने अवस्थाको हुनु हो । विगतमा यस उद्योगले १ सय २० थरिका औषधि उत्पादन गरेको थियो ।

 

प्रकाशित: १२ पुस २०७४ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App