२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

तथ्यांकमा महंगी घट्यो,बजारमा बढ्यो

सरकारी तथ्यांकले बजारमा मुद्रास्फीति घटेको देखाए पनि बजारमा महंगी बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको देखाएको छ। यो पोहोरको सोही अवधि भन्दा कम हो।  गत वर्ष यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो।

राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घटेको देखाए पनि बजारमा उपभोक्ता भने महंगीको मार खेपिरहेका छन्। चाडपर्वमा बजारमा कालोबजारी बढ्नुका साथै महंगी बढेको भन्दै उपभोक्तादेखि सदनसम्म आवाज उठ्ने गरेको छ। चाडपर्वमा तरकारी, चामल, चिनी लगायत खाद्यान्नको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ। बैंकका अनुसार भदौमा समग्र मुद्रास्फीति ८.१९ प्रतिशत रहेकोमा असोजमा घटेर ७.५० रहेको छ। गत वर्षको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० थियो। यसरी हेर्दा पोहोर भन्दा यो वर्षको असोजसम्मको मुद्रास्फीति १ प्रतिशत बिन्दुले घटेको देखिन्छ।

राष्ट्र बैंकको तथ्यांकमा मूल्य घटेको देखिए पनि बजारमा उपभोक्ताले महंगोमा समान किनिरहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘९७ रुपैयाँको चिनी उपभोक्ताले १ सय ३५ रुपैयाँ किलोमा किनिरहेका छन्,’ उनले भने, ‘दाल, गेडागुडी, तरकारी, फलफूलको मूल्य पनि बढेको छ।’ बजारको मूल्य र राष्ट्र बैंकको तथ्यांक मेल नखाएको उनले बताए। ‘मूल्य घटेको तथ्यांक देखाए पनि बजारमा त्यस्तो देखिँदैन,’ अध्यक्ष तिमल्सिनाले भने, ‘मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले पहलकदमी लिनुपर्छ।’

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मर मसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलपूmलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ।  समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ। 

प्रकाशित: २४ कार्तिक २०८० १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App