२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

इन्भेष्टमेन्ट मेगा बैंकको ‘एक खाता, एक विरूवा’ अभियान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ‘एनआइएमबी ग्रिन फ्युचर सेभिङस् एकाउन्ट’ अन्तर्गत ‘एक खाता, एक विरूवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ।

बैंकले उक्त खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ। बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका २ मा पाँच सय वटा विरुवा रोपी यो अभियान सुरु गरेको हो।

वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरू, लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति थियो।

अभियानको मुख्य उद्देश्य ग्राहकलाई भविष्यका लागि बचत गर्न प्रोत्साहित गर्नुका साथै वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउनु रहेको बैंकले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App