२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलले भूकम्प पीडितका लागि ५० लाख दिने

एनसेलले जाजरकोट भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने भएको छ।

भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ दिने एनसेलले जनाएको छ।

साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध पनि गराउने भएको छ।

उक्त सेवाको समयसीमा १५ दिनको रहेको एनसेलले जनाएको छ। 

प्रकाशित: १९ कार्तिक २०८० १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App