१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकले १९ औं वार्षिकोत्सव मनाएको छ।बैंकले बिहान काठमाडौं महानगरपालिक वडा ४ टुँडालदेवी मन्दिर परिसर सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको हो।

मन्दिर परिसर सरसफाइपश्चात् आयोजित कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराइएको थियो।अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गरिन्।

साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौं र नेपालगन्ज कार्यालयमा गरी जम्मा एक सय ३२ जनाले रक्तदान गरेका छन्।बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले बैंकको वार्षिकोत्सवले थप ऊर्जा प्रदान गरेको र आगामी दिनमा थप मिहिनेतका साथ बैंकलाई उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।  

प्रकाशित: १४ कार्तिक २०८० ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App