७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

असोजमा पनि उठेन लक्ष अनुसारको राजस्व

विराटनगर भन्सार कार्यालयले असोज महिनामा पनि लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको जनाएको छ। विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार  असोज महिनामा लक्षको ६० प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । 

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा लक्षको ६०.१४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। भदौ महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्ष अनुसार  राजस्व संकलन गर्न सकेको थिएन। भदौ महिनामा विराटनगर भन्सार कार्यालयले  लक्षको ५६.८१ प्रतिशत राजस्व संकलन गरेको थियो। भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो । 

साउन महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्षको ८१ .५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ मात्रै असुली गरेको थियो। चालु आर्थिक वर्षको तीन महिनामा  संकलन गरेको राजस्व अघिल्लो  आर्थिक वर्षको तुलनामा पनि न्यून हो। अघिल्लो आर्थिक वर्षको तीन महिनामा विराटनगर भन्सार कार्यालयले ८ अर्ब ८४ करोड ८४ लाख ३३ हजार रुपैयाँ राजस्व असुली गरेकोमा चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब २९ करोड ९५ लाख १७ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि  नेपालको आन्तरिक बजारमा माग घटेका कारण विराटनगर नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा पनि कमी आएको छ। अघिल्लो आर्थिक वर्ष ०७९÷८०को पहिलो तीन महिनामा ६१ अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँको कुल व्यापार भएकोमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५२ अर्ब ६३ करोड ९५ लाख ८८ हजार रुपैयाँको मात्रै व्यापार भएको छ। 

प्रकाशित: १२ कार्तिक २०८० १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App