१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

चिनीको मूल्य आकासिँदा उखु भने कौडीको भाउमा

चिनीको मूल्यले विगतका सबै रेकर्डहरु तोडि रहँदा उखुको मूल्य भने निकै कम भएको छ । उखु किसानहले सख्खर उद्योगलाई कौडीको मूल्यमा उखु बेच्नबाध्य भएका छन्।

सख्खर उत्पादन हुने क्षेत्रका उखु किसान करिब चार सय रुपैया प्रतिक्वीन्टलमा उखु बेच्न बाध्यभ एका छन् । चिनीउद्योग संचालनमा नआएको समयमा उखु बेचेर घरायसी तथा अन्य कामको लागि उखु बेच्न थालेका किसानहरुले प्रति क्वीन्टर चार सय रुपैयामा उखु बेच्न बाध्य भएको गढीमाई नगरपालिका ४ का किसान नरेन्द्र ठाकुर बताउँछ।

अहिले उखु प्रति क्वीन्टल ७ हजार रुपैया रहेको रहेको छ । सख्खर व्यावसायी शिव मंगल दासले बजारमा सख्खरको मूल्यप्रति क्वीन्टल ७ हजार रुपैया रहेको बताएका छन् । सख्खर महँगो हुँदा पनि उखुको मूल्य भने निकै कम भएको गुनासो उखु किसान ठाकुरको रहेको छ।  

मधेश प्रदेशको सबैभन्दा ठुलो चाड दिपावली र लोकपर्व छठ नजिकिँदै गर्दा सर्वसाधारण किसानले भने पर्व मान्न पैसाको जोहो गर्न थालेका छन् । साथै उखुको खुँटी बाली बेचेर खाली भएको खेतमा दलहन, तेलहन र गहुँका साथै तरकारी बाली लगाउन सजिलो हुने भएकोले सर्वसाधारण किसानले सस्तोमा उखु बेचिरहेको गढीमाई २ का किसान धर्मेन्द्र पटेलले बताए।  

यस्तै समनपुरका उखु किसान रबिन्द्र सहनी र कामेश्वर सहनीले भाउ नपाए पनि अन्य बाली लगाउन पाइने भएकोले निकै सस्तोमा उखु बेच्नु परेको बताएका छन्।  

गढिमाई क्रसर उद्योगका सन्चालक किसनन्दन साहले एक क्विन्टल सख्खर उत्पादन गर्न १५÷१६ क्विन्टल उखुलाग्ने गरेकोले बजार भाउको हिसाबले उखु किनिरहेको जानकारी गराएका छन् ।साहको भनाइ छ – अहिले धेरै उखुमा कम सख्खर निस्कछ तर पुस–माघदेखि कम उखुमा धेरै सख्खर निस्कन्छ। उखुबाट सख्खर निस्कने र सख्खरको भाउ दुवैमा सन्तुलन भए अनुसार नै उखुको खरिद सख्खर उद्योगीले गर्ने साहको भनाइ छ।  

रौतहट र सर्लाहीका किसानको विश्वासीलो इन्दु शङ्कर चिनी उद्योगका महाप्रबन्धक योगनारायण रजकले पुसको पहिलो सातादेखि मिल सन्चालन ल्याउने तयारी भैरहेको बताए।  

प्रकाशित: १२ कार्तिक २०८० १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App