२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बैंकको ब्याज औसत ०.२२ प्रतिशतले घट्यो

बैंकको ब्याज धेरै भयो भनेर आलोचना भइरहेका बेला वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूका अनुसार कात्तिकका लागि ब्याज औसत ०.२२ प्रतिशत बिन्दुले घटेको छ।

असोजमा वाणिज्य बैंकहरूको निक्षेपमा औसत ब्याजदर १०.२९ प्रतिशत रहेकोमा कात्तिकका लागि औषत ब्याजदर १०.०६ प्रतिशत निर्धारण गरेका छन्। बैंकहरूले ०.०२ प्रतिशतदेखि १.८३ प्रतिशतसम्म ब्याज घटाएका छन्।

बैंकले न्यूनतम ९.२२ प्रतिशतदेखि अधिकतम ११.०१० प्रतिशतसम्म निक्षेपमा ब्याजदर निर्धारण गरेका छन्। २० वटा वाणिज्य बैंकमध्ये १५ बैंकले ब्याजदर घटाएका छन् भने तीन वटा बैंकले बढाएका छन्। दुई वटा बैंकको ब्याजदर भने यथावत रहेको छ।

सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याज दिने भएका छन्। सबैभन्दा बढी घटाउने एभरेस्ट बैंकले १.८३ प्रतिशतले र सबैभन्दा कम घटाउने एनएमबी बैंकले ०.०२ प्रतिशत ब्याज घटाएको छ।

कृषि विकास बैंकले ०.२५ प्रतिशत, प्राइम बैंकले १.११, प्रभुले ०.७८, ग्लोबल आइएमईले ०.५०, राष्ट्रिय वाणिज्य बैंकले ०.४९, कुमारी र सिटिजन्सले ०.१०, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकले ०.०७, हिमालयन र एनआइसी एसिया बैंकले ०.०४ प्रतिशतले ब्याजदर घटाएका हुन्।

एनएमबी, नेपाल एसबीआई र लक्ष्मी सनराइज बैंकले असोजभन्दा कात्तिकमा निक्षेपको ब्याजदर बढाएका छन्। एनएमबी बैंकले ९.९९, लक्ष्मी सनराइजले ११ प्रतिशत ब्याज कायम गरेका छन्।

एनएमबी, हिमालयन र एनआइसी एसियाले ११.००३ प्रतिशत, लक्ष्मी सनराइजले ११, नेपाल एसबिआइले १०.७०, प्राइम १०.२५ र कुमारी बैंकले निक्षेपमा १०.०१ प्रतिशत ब्याज दिने घोषणा गरेका छन्।

त्यसैगरी सानिमा, एभरेस्ट, प्रभु र नेपाल बैंकले ९.२२४ प्रतिशत दिने भएका छन्। ग्लोबल र नबिल बैंकले १० प्रतिशत, माछापुच्छ«े र सिद्धार्थले ९.९९, सिटिजन्सले ९.९५, कृषि विकास ९.७६१९ र राष्ट्रिय वाणिज्य बैंकले ९.५० प्रतिशत ब्याजदर दिने भएका छन्। बैंकहरूले हरेक महिनाको अन्तिम दिन अर्को महिनाको ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

प्रकाशित: १ कार्तिक २०८० ०४:०७ बुधबार

बैंकको ब्याज औसत ०.२२ प्रतिशतले घट्यो