१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

भोजपुरमा मेटलाइफको बिमा सचेतना कार्यक्रम

मेटलाइफले भोजपुर नगरपालिकाको तालिमहलमा ८० भन्दा बढी सहभागीलाई बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत कम्पनीले भोजपुरका स्थानीयमा आर्थिक सुरक्षाको भावना सिर्जना गर्ने र राम्रो भविष्यको लागि सूचित निर्णयहरू गर्न सक्षम हुने विश्वास राखेको जनाएको छ।

यसै क्रममा मेटलाइफले स्थानीय समुदायमा बिमाको पहुँच बिस्तार गर्न भोजपुरमा आफ्नो सम्पर्क कार्यालय पनि खोलेको छ। मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बैंक रोड, वडा ८ मा मेटलाइफको सम्पर्क कार्यालय पनि उद्घाटन गरेका छन्। यस कार्यालयले स्थानीयलाई नवीन बिमा समाधानहरू र उनीहरूको डिजिटलाइज्ड बिमा सेवाहरूको उपलब्धताको बारेमा पहुँच गर्न र शिक्षित गर्न केन्द्रको रूपमा काम गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८० ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App