२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको साधारणसभा

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ।

यस्तै सभाले सेयरधनीहरूलाई आव २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ता वपारित गरेको छ।

बैंकले प्रस्तावित बोनस सेयर वितरण भएपश्चात् हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकाले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ। साथै साधारणसभाले आव २०८०/८१ को लागि श्री एन अमात्य एन्ड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ।

प्रकाशित: १ कार्तिक २०८० ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App