२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्षमै १० वटा जहाज थप्छौँः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु आर्थिक वर्षमै १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन्।

आज मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसङ्घ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।  

उनले अहिले फ्युलको दर बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए।

मन्त्री किराँतीले सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने भन्दै नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए।

उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे। उनले दसैँँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने जानकारी दिए। उनले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैभर सञ्चालन गर्ने पनि बताए।

उनले भने, ‘अहिले फ्युल तीन डबललले बढेको छ। स्वभाविक रुपमा ३५ प्रतिशत भाडा रेट फ्युलले बढेको छ। भ्याट १३ प्रतिशत जोडियो। उड्नुपर्ने २२ वटा छ, स्टल रुटमा उड्ने दुई वटा छ। हामी सम्पूर्ण शक्ति लगाएर हामी जहाज खरिद गर्ने प्रक्रियामा छौँ, यो वर्षमा हामी नौ, दश वटा जहाज थप्ने थप्ने। यो नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसंगतिमाथि हस्तक्षेप हुनसक्छ। औपचारिक रुपले शुरु हुनेछ। निगममा जहाज थप्नुको विकल्प नै छैन।’

प्रकाशित: २८ आश्विन २०८० ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App