२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइफोन १५ सिरिज नेपाली बजारमा

नेपाली उपभोक्तालाई लक्षित गरेर एप्पलको आइफोन १५ सिरिज नेपालमा भित्रिएको छ। आइफोन १५ सिरिजका विभिन्न मोडल शुक्रबारदेखि नेपाली बजारमा बिक्री सुरु भएको छ।

जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले नेपालमा आइफोन १५ को विभिन्न १३ मोडल बिक्री सुरु गरेको जनाएको छ। एप्पलले आइफोन १५ को आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स सार्वजनिक गरेको थियो।

नेपालमा ५१२ जिबीको आइफोन १५ प्लसको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ, आइफोन ५१२ जिबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ, २५६ जिबी क्षमता भएको आइफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

त्यसैगरी, आइफोन १२८ जिबीको आइफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ, २५६ जीबीको आइफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय रूपैयाँ रहेको छ। ५१२ जिबीको आइफोन १५ प्रो म्याक्सको बजार मूल्य दुई लाख ७१ हजार पाँच सय रूपैयाँ र एक टिबी क्षमता भएको आइफोन १५ प्रो म्याक्सको मूल्य तीन लाख नौ हजार पाँच सय रूपैयाँ रहेको छ।

त्यसैगरी, आइफोन १५ प्लसको १२८ जिबीको एक लाख ७६ हजार पाँच सय रूपैयाँ, २५६ जिबीसहितको आइफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रूपैयाँ, आइफोन १५ प्रो अन्तर्गत १२८ जीबीको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ, २५६ जिबीको मूल्य दुई लाख १४ हजार पाँच सय रूपैयाँ, ५१२ जीबीको दुई लाख ५३ हजार र एक टिबी क्षमताको आइफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार पाँच सय रूपैयाँ रहेको छ।

आइफोन १५ प्रो म्याक्स पनि तीनवटा स्टोरेज क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ। आईफोन १५ को कुनै पनि मोडल ग्लोबल आइएमई बैंक, इन्भेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। ब्याजदर भने बैंकले तोकेअनुसार हुने कम्पनीले जनाएको छ। न्युफोरियामा उपलब्ध विशेष अफरहरु रहेको कम्पनीले जनाएको छ। कम्पनीले एक वर्ष वारेन्टी दिएको छ।

प्रकाशित: २८ आश्विन २०८० ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App