२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भायानेट कम्युनिकेसन २४ वर्ष पूरा

भायानेट कम्युनिकेसनले नेपालमा डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ।

इन्टरनेट र आइपिटिभी सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकलाई भरपर्दो डिजिटल सेवा प्रदान गर्दै २४ वर्ष पूरा गरेको हो। यसै क्रममा भायानेटले २४ औं वार्षिक उत्सवको अवसरमा वार्षिकोत्सव अफर घोषणा गरेको छ। जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३ महिना सदस्यताको लागि दुई हजार चार सय २४ रूपैयाँ पर्नेछ।

यस प्याकेजका नयाँ ग्राहकले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउने कम्पनीले जनाएको छ। यसका साथै भायानेटको चाडपर्व अफर अन्तर्गत सबै तीन महिना वा सोभन्दा माथिका भायानेट ग्राहकले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। साथै भायानेटले आफ्ना पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको छ।  

प्रकाशित: २८ आश्विन २०८० ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App