१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेल कर छली मुद्दामा अन्तरिम आदेश

काठमाडौं-सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री गर्दा एक व्यापारीले अर्बांैको कर छली गरेको विषयमा परेको मुद्दामा अन्तरिम आदेश दिएको छ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आइतबार ठूला करदाता कार्यालयले असोज २४ गते र सोअघि जारी गरेको पत्रका आधारमा ८ अर्ब बराबरको कर असुलीका सन्दर्भमा लेखेको पत्रबमोजिमको कारबाही अघि नबढाउन आदेश दिएको हो । इजलासले पत्र यथावत् राखी कार्यान्वयन नगर्न पनि आदेश दिएको छ ।

निरजगोविन्द श्रेष्ठले आफ्नो नाममा रहेको एनसेलको सेयरमध्ये २० प्रतिशत बिक्री गर्दा ८ अर्ब बराबरको कर छली गरेको आरोपसहित ठूला करदाताको कार्यालयले पटकपटक पत्र पठाई करछलीमा कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि श्रेष्ठले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

  

प्रकाशित: ८ कार्तिक २०७४ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App