२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेसको चाडबाड लक्षित योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको छ। आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म उक्त योजना चल्ने कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेसको उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना एक जनालाई जनही एक लाख रूपैयाँ, हरेक हप्ता पाँच जनालाई जनही २५ हजार रूपैयाँ साथै ६१ दिन लगातार हरेक दिन सय जना विजेतालाई जनही पाँच सयको वालेट टप अप र एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउनेछन्।

कम्पनीका अनुसार ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔ’ अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म सञ्चालन हुनेछ। यस अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीले उपहार योजनामा सहभागी हुन पाउनेछन्। उपहारको बिजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८० ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App