२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

फर्निचर एक्स्पो असोज १० देखि

राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) आयोजना हुने भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले एक्स्पोको तयारी तीब्र पारिएको जानकारी दिएको हो। ‘के हामी आत्मनिर्भर छौं?’ भन्ने मुख्य थिमसहित आयोजना हुने एक्स्पोको असोज १० गते दिउँसो १ बजे उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्ने आयोजकले जनाएको छ।

असोज १० देखि १४ गतेसम्म हुने उक्त प्रदशनी पाँच दिनको हुनेछ। आयोजकले फर्नेक्सको इभेन्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको उल्लेख गर्दै पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भइसकेको एसोसिएसनले जनाएको छ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए।

एक्सपोले आर्थिक गतिविधिहरू सुस्त भइरहेका बेला बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका बताए। उनका अनुसार एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ।

एक्स्पोमा सयभन्दा बढी स्टलहरू रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ। एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न सहज मार्ग निर्देश गर्ने एसोसिएसनका महासचिव सञ्जय लामाले बताए। एक्स्पोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८० ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App