१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले सञ्चालक समितिको तर्फबाट आ.व. २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८०/८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका छन्। संस्थाको आर्थिक वर्ष २०७९/८० मा सेयर पुँजीतर्फ १७ करोड ३० लाख ३५ हजार नौ सय रूपैयाँ कायम हुन गएको छ।

संस्थाले बचततर्फ एक अर्ब ८२ करोड चार लाख २९ हजार ६ सय ७३ रूपैँया ९७ पैसा संकलन गरेको छ भने संस्थाको वार्षिक कुल कारोबार दुई अर्ब ८५ करोड ४८ लाख सात हजार पाँच सय ८८ रूपैयाँ, संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा २८ करोड ९६ लाख सात हजार नौ सय ४० रूपैयाँ ३९ पैसा कायम रहेको जनाएको छ।

यसै क्रममा संस्थाले गत आव २०७९/८० मा आयकर र कोनसअघिको नाफा पाँच करोड ६१ लाख ३१ हजार आठ सय ४० रूपैयाँ ९७ पैसा आर्जन गरेको जनाएको छ।

संस्थाले आफ्नै संस्थागत भवनबाट शुल्करहित एटिएम सुविधा दिइरहेको साथै स्मार्ट बैंकिङ,  क्युआर सुविधा लगायतका सुविधा उपलब्ध गराउँदै गरेको प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले जानकारी गराएका छन्।

संस्थाले आव २०७९/८० सम्ममा सदस्यता कायम रहेका आफ्ना सदस्यलाई सेयर लाभांश कोषमा जम्मा रहेको रकमबाट १८ प्रतिशत सेयर लाभांस प्रदान गरेको छ।

प्रकाशित: ५ आश्विन २०८० ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App