२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

संकटा वाइन एन्ड बेभरेजले तेक्वान्दो खेलाडीलाई प्रोत्साहन गर्ने

संकटा वाइन एण्ड बेभरेज प्रालिले नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरूलाई प्रोत्साहन गर्ने भएको छ। राष्ट्रको गौरव बढाउन दिन रात खटिने खेलाइलाई प्रोत्साहन एवम् सम्मान गर्न पाउनु गौरवको विषय भएको कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले जानकारी दिए।

कम्पनीले बिहीबार १९ औं एसियन तेक्वान्दो प्रतियोगितामा भाग लिन चीन जान लागेको टोलीलाई विमानस्थलमा सम्मान पनि गरेको थियो। ‘हाम्रो उत्पादन पनि नेपाली हो। नेपाली उत्पादनले नेपाली खेलाडीलाई प्रोत्साहन गर्नु निकै राम्रो कुरा हो,’ उनले भने।

कम्पनीले विगतमा पनि खेलाडीहरूसगँ सहकार्य गर्ने गरेको र भविष्यमा पनि गर्ने प्रतिवद्धता अधिकारीले जनाए।

प्रकाशित: ५ आश्विन २०८० ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App