१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकका ग्राहकलाई छुटै छुट

हिमालयन बैंकले आफ्ना ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था ल्याएको छ। बैंकले काठमाडौं, पोखरा, चितवनका लगायत देशका विभिन्न एक सय ६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको हो।

बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायग्नोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सैलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम लगायत अन्य स्थानहरूमा वस्तु खरिद तथा सेवा शुल्कमा छुट पाउने छन्।

बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै अधिकतम २०% सम्म छुटको व्यवस्था गरेको जनाएको छ। छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) दिएर उक्त स्थानहरूबाट निर्धारित छुट पाउनेछन्।

प्रकाशित: ५ आश्विन २०८० ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App