२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मुक्तिनाथ सेयरधनी बचत खातामा थप सुविधा

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबिच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ। उक्त सम्झौता बमोजिमका सुविधा ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकले पाउनेछन्।

उक्त सम्झौताबमोजिम बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनीहरू) दिने विभिन्न सेवासुविधा पाउन सक्ने बैंकले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात सय रूपैयाँमा खोल्न सकिने, निःशुल्क कनेक्ट आइपिएस रजिस्ट्रेसन, निःशुल्क मोबाइल बैैंकिङ र इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनेछन्।

प्रकाशित: ३ आश्विन २०८० ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App