३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार

 नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गर्न लागेको छ।

कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाका अनुसार विगत १८ वर्षदेखि होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित कान्तिपुर मलले हरेक वर्षझैँ यस वर्ष पनि नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गर्न लागेको हो।

मलले २०६४ सालदेखि नै बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उपहार योजना निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ।

ग्राहक महानुभावहरूले १००० भन्दा बढी मूल्यको सामाग्री कान्तिपुर मलमा खरिद गर्दा एक वटा उपहार कुपन सित्तैमा पाउनेछन।यो उपहार योजनाको नतिजा छठ पर्वपछि आगामी मंसीर ११ गते लक्की ड्रमार्फत घोषणा गर्नेछौँ र उपहार योजना प्राप्त गरेका व्यक्तिलाई त्यसको एक हप्तापछि पुरस्कार वितरण गरिने कान्तिपुर मलले जनाएको छ।

 उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्वितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ।यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार रहेका छन्।

नयाँ बसपार्कमा हाल देशभरका ६५ भन्दा बढी जिल्लाका झन्डै ६०० सार्वजनिक सवारीसाधन दैनिक आवतजावत गर्दै आएका छन्।यस बसपार्कबाट २४ सै घण्टा सार्वजनिक यातायात देशका विभिन्न भागमा आवतजावत गर्दै आए पनि नयाँ बसपार्क २४ सै घण्टा सञ्चालन हुन सकेको छैन।

नयाँ बसपार्कलाई २४ सै घण्टा खोल्नका लागि कान्तिपुर मलले सरकारसँग  आग्रह समेत गरेको छ।नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्न सके देशको अर्थतन्त्र समेत चलायमान हुने विश्वास लिएको कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला बताउँछन।

प्रकाशित: १ आश्विन २०८० ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App