सुजल फुड्सले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ।‘ओन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई अधिराज्यभर विभिन्न माध्यम् मार्फत कम्पनीले प्रस्तुत गरेको छ।
उक्त विज्ञापन अभियान मार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई ‘ओन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको कम्पनीले जनाएको छ।
विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुका साथै सम्पूर्ण बालबालिकाको जीवनमा चोकोफन अभिन्न अंगका रूपमा स्थापित हुने र उनीहरूको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी पूर्णतःविश्वस्त रहेको जनाएको छ।
प्रकाशित: १ आश्विन २०८० ०१:४० सोमबार