१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हत्तोत्साही बनायो: अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हत्तोत्साही बनाएको बताएका छन्।

आज परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दुःखी बनाएको बताएका हुन।उनले सरकारको नीति व्यवसायलाई सहजीकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको बताए।

उनले कसैले निवेदन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो गरे। उनले पछिल्लो समय सरकारको कानुनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको बताए।

उनले आम सर्वसाधारण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताए। उनले व्यवसायीहरू अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रुपमा पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यवस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको धारणा राखे। 

उनले सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने बताए।उनले आमजनताले सबल अर्थतन्त्रको आशा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यान हुनुपर्ने धारणा राखे। उनले अहिले खर्च गर्ने आत्मबल घट्दा बजारमा मन्दी छाएको बताए।

प्रकाशित: २९ भाद्र २०८० १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App