२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा. डा. डिल्लीराज शर्मा

व्यवस्थापकीय जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने बताइएको छ। 

विज्ञहरूले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन। 

उनीहरुले व्यवस्थापन सङ्कायमा विद्यार्थी संख्या बढे पनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्न नसकेको बताएका हुन्।विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्बन गर्नु  पर्नेमा विज्ञहरूको जोड छ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा. डा. डिल्लीराज शर्माले उत्पादित जनशक्तिले सजिलैसँग रोजगारी पाउन नसकेको बताए । शर्माले विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योग धन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने बताए ।

उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेपनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरू विदेश पलायन हुन बाध्य भएको बताए ।उनले नेपालमा सञ्चालित उद्योगहरूमा समेत दक्ष र सीपयुक्त जनशक्तिले रोजगार पाउन नसक्नु विडम्बनाको विषय भएको उल्लेख गरे।उनले शिक्षा व्यक्तिको व्यावसायिक मात्रै नभई व्यक्तिगत जीवनशैली र जीवनपद्यतीसँग पनि जोडिएकाले विद्यार्थीको आकर्षण व्यवस्थापन सङ्कायमा बढेको बताए।

 विश्वविद्यालयले इन्टर्नसिप वा व्यवहारिक रूपबाट शिक्षालाई जोड्नुपर्ने भए पनि अझै त्यसो हुन नसकेको धारणा राखे । विद्यार्थीको चाप धेरै भए पनि औद्योगीकरण (इन्डस्ट्रीलाईजेसन) र औद्योगिक प्रतिष्ठानहरूमा विद्यार्थीले पर्याप्त अवसर पाउन नसकेको गुनासो गरे । विद्यार्थीहरूलाई व्यवहारमुखी ज्ञान दिन आवश्यक रहेको उनको भनाई छ।

उनले व्यवस्थापन सङ्कायमा अध्यापनरत शिक्षकहरूको उचित सेवा सुविधाका सन्दर्भमा सरकार गम्भीर नभएको बताए । शर्माले त्रिविले आङ्गिक क्याम्पसहरूमा पठनपाठन गर्ने शिक्षकहरूलाई तलब,भत्ताको सुविधा दिने गरेपनि बिबिए, बिबिएम, बिआईएम, बिएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन नभएको बताए । 

शर्माले व्यवस्थापन सङ्कायका केही कार्यक्रमहरु सेल्फ सस्टेन्स प्रोग्रामको रुपमा सञ्चालन गरिएको हुनाले आङ्गिक क्याम्पसमै पनि शुल्क केही बढी भएको स्वीकार गरे । उहाँले सम्पूर्ण भौतिक पूर्वाधारको विकास गर्नेदेखि शिक्षकहरूलाई दिनुपर्ने तलब, भत्ता सुविधा, विद्यार्थीको अतिरिक्त क्रियाकलापमा गर्नुपर्ने सम्पूर्ण खर्चहरू स्वयं कलेजले व्यहोर्नुपरेका कारण पनि शुल्क महँगो हुन गएको स्पष्ट पारे।

उनले व्यवस्थापन विषय रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोडिएको बताउनु भयो।अहिले त्रिविअन्तर्गत २ लाख बढी विद्यार्थीहरू व्यवस्थापन सङ्कायमा अध्ययनरत छन् । विद्यार्थीहरूले आफूले अध्ययन पूरा गरेपनि पर्याप्त रोजगारी र अवसर नपाएको गुनासो गरेका छन्। 

प्रकाशित: २८ भाद्र २०८० ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App